प्रज्ञा नेपाली बृहत् शब्दकोश APP
The minimalistic design of the app gives the readers the feeling of a book, while at the same time its state-of-the-art technological architecture removes the hassle of searching for words through pages of a physical dictionary.
App features:
- Contains 128k+ words from the 1st Edition of the Pragya Nepali Brihat Shabdakosh
- Completely offline (except for the feedback form)
- Contains features to report errors and missing words
- Extremely easy to use
- No Ads, no trackers!
------
प्रज्ञा नेपाली बृहत् शब्दकोश नेपाली भाषाको आधिकारिक शब्दकोश हो । संसारभर छरिएर बसेका नेपाली भाषाका प्रयोक्ताहरूले नेपाली बृहत् शब्दकोशलाई आधिकारिक र मानक रूपमा लिई आवश्यक सूचनाहरू प्राप्त गर्दै आएका छन्। यही सन्दर्भमा यसको पुस्तकाकार रूपमा मुद्रित प्रतिका साथै आजको सूचना प्रविधिको सहजताले गर्दा यसको ‘एप’ (APP) प्रतिको पनि माग देश विदेशबाट भएकाले नेपाली बृहत् शब्दकोशको दसौँ संस्करणको ‘एप’ निर्माण गरी प्रयोगमा ल्याइयो। पाठकहरूको रुचि र मागबमोजिम त्यसै एपलाई निरन्त्तरता दिँदै प्रज्ञा नेपाली बृहत् शब्दकोश पुनर्मुद्रण एवम् ‘एप’ दुवै रूपमा सहजताका साथ उपलब्ध हुने व्यवस्था गरिएको छ। एपमा आधारित शब्दकोश प्रयोग गर्न चाहनुहुने पाठकहरूको आवश्यकतालाई ध्यानमा राखी नेपाल प्रज्ञा-प्रतिष्ठानले नयाँ यात्रा प्रा. लि.को प्राविधिक सहयोगमा यो एपको निर्माण गरेको हो ।
एपका विशेषताहरू :
- प्रज्ञा नेपाली बृहत् शब्दकोशको प्रथम संस्करणमा आधारित १ लाख २८ हजारभन्दा बढी शब्दहरू।
- पूर्ण रूपले अफलाइन (सुझाब फारम बाहेक) ।
- अपुग शब्दहरूको सूचना दिने फारम ।
- प्रयोग गर्न अत्यन्त सजिलो ।
- विज्ञापन रहित, ट्र्याकर रहित ।